देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा
८ असोज, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । आज (शनिबार) बिहान लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पूर्ण बदली हुनेभएकाे छ ।
त्यस्तै, बाँकी प्रदेशमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, लम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही मेघगर्जन-चट्याङसहित स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशकानी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्