देशका केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना

१० कार्तिक, काठमाडौँ :  देशका केही भागमा आज बुधबार पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।

मौसमविद् निराजन सापकोटाका अनुसार देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

frontline

उनका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।

पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

‘आज वाग्मती, सुदूरपश्चिम प्रदेशका केही पहाडी भू-भाग तथा पूर्वी पहाडमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् सापकोटा भन्छन्, ‘ तर यी ठाउँमा पनि सबै स्थानमा वर्षा हुन्छ भन्ने छैन । पानी पार्ने उल्लेखनीय कुनै मौसमी प्रणाली छैन । स्थानीय वायुको प्रभाव रहेकाले यो पानी पर्न लागेपछि आफैँ हराएर पनि जान्छ ।’

काठमाडौँमा घाम लाग्ने र बादल लाग्ने भइरहे पनि वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ । यसैबिच, तापक्रम केही घट्न थालेको छ । आज बिहान काठमाडौँको तापक्रम १३।.५ डिग्री सेल्सियस रहेको छ ।

हिजो बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको थियो । अब रातको समयमा आकाश खुला हुने र सित पर्ने हुँदा चिसो बढ्दै जाने उनको भनाइ छ ।

देशका केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here