देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता
रौतहट । मेवालाल यादव , रौतहट २२ भदौ, देवाही गोनाही नगर पालिकामा बाख्रा वितरण कार्यमा व्यापक अनियमितता भएको छ ।
नगर पालिकाका मेयर धर्मेन्द्र पटेल , प्रशासकीय अधिकृत विरेन्द्र चंन्द्रवशी , लेखा पाल प्रदिप यादव र योजना फाँट राम विनय रजकको संलग्नतामा १७ लाख बाख्रा वितरणमा अनियमितता भएको हो ।
बाख्रा वितरण नगरी १७ लाख हिनामिना गरेको स्थानीयको आरोप रहेका छन । देवाही गोनाही नगर पालिकाका वडा न ३ मा वितरण गरिएको बाख्रामा अनियमितता भएको स्थानीयले बताएका छन ।
वडा न ३ का वडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मीले आफुलाई थाहा नदिई वितरण गरिएको बताए पनि कति वटा बाख्रा वितरण भएको कसलाई दिएको आफुलाई जानकारी नभएको बताए ।
बौधीमाई कृषक समूह , सुनौलो कृषक समुह र प्रगति कृषक समुहलाई बाख्रा वितरण गर्न जिम्मेवारी दिएको योजना फाँटका राम विनय रजकले बताए ।
यस सम्बन्धमा प्रशासकीय अधिकृत चंन्द्रवशी सँग सम्पर्क गर्दा कानुनी रुपमा बाख्रा वितरण कार्य सम्पन्न भएको बताए ।
स्मरण रहोस प्रदेश न २ का सरकार बाट आएको राहत समाग्री वितरण नगरी स्टोरमा राखी नष्ट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्