देवाही गोनाही नगरपालिकाको उप-मेयर पदमा उम्मेदवारी दिने निर्णय
मेवालाल यादव
रौतहट, पुस २५ गते ।
खेलकुद क्षेत्रमा आफ्नो जीवन समर्पित गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पुर्याउन सफल कुश्ती खेलाडी स्वर्गीय उपेन्द्र दास बैरागी (उपेन्द्र यादव) को योगदानलाई सम्मान गर्दै जनताले राेज्न चाहे अनुसार उहाँकी धर्मपत्नी रामकुमारी देवीले २०८४ सालको निर्वाचनमा जनताको चाहनाअनुसार देवाही गोनाही नगरपालिकाको उप-मेयर पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको छ।
एक पिडक नै अरुकाे दुख बुझ्ने झै उहाँले नगरवासीहरूको सेवामा आफूलाई समर्पित गर्दै नगरको विकास, समृद्धि, र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रहने वाचा गर्नुभएको छ। यस ऐतिहासिक अभियानमा नगरवासीहरूको माया, साथ, र समर्थनको अपेक्षा राख्दै उहाँले सबैलाई सहकार्यका लागि आह्वान गर्नुभएको छ।
नगरकाे समाजिक, मानसिक र समृद्ध बिकास र नगरको भविष्यलाई अझ उज्ज्वल बनाउने यो प्रयासमा सबैको एकताबद्ध साथले सफलता प्राप्त गर्न सकिनेछ भन्ने विश्वास उनकाे परिवारजनले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्