देखियो देशका विभिन्न ठाउँमा बर्डफ्लु

१५ फागुन, काठमाडौं । काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका  लागि सरकारले  प्रयास गरिरहेको छ ।

पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न  ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा लेखराज दाहालले जानकारी दिनुभयो ।

frontline

विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र  लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ ।

समितिले  सङ्क्रमण  देखिएको ठाउँमा  तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय  भएको विभागका  प्रवक्ता डा चन्द्र ढकालले बताउनुभयो ।

बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उहाँले जानकारी दिनुभयो । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत  बर्डफ्लु  रोगको  आशङ्का  भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।

त्यहाँ  नमुना  परीक्षण  हुँदा  बर्डफ्लु  देखिएपछि  समितिको  बैठक बसेको थियो ।  बिहीबार  चितवनमा  बर्डफ्लु  फेला  परेको  थियो  भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो ।

त्यसलाई चार किल्ला कायम गरी नियन्त्रणमा लिने काम भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here