देउवा भन्छन् : मलाई प्रधानमन्त्रीसँग मतलब छैन, फेरि सभापति बन्छु

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफूलाई प्रधानमन्त्री पदको मतलब नभएको बताएका छन्। बूढानीलकण्ठस्थित निवासमा भेट्न आएका कांग्रेसनिकट आदिवासी जनजाति नेताहरूसँगको कुराकानीका क्रममा बुधबार देउवाले यस्तो बताएका हुन्। 

उनले भेटका क्रममा आफू १४ औँ महाधिवेशनबाट पनि फेरि सभापति हुने लाइनमा रहेको बताएका छन्। ‘अहिलेको मेरो एक मात्रै उद्धेश्य भनेको फेरि पार्टी सभापति हुने हो’, देउवाको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘अहिले मलाई प्रधानमन्त्री पदको मतलब छैन।’

frontline

उनले आफूलाई कम्युनिष्ट पार्टीको पनि भर नभएको बताएका छन्। ‘कम्युनिष्टहरूप्रति मलाई कुनै विश्वास छैन’, उनले अगाडि भने, ‘अब कांग्रेस पनि महाधिवेशनतिर केन्द्रित हुँदैछ, म पनि त्यतै जुटेको छु।’

सभापति देउवाले आफूलाई प्रधानमन्त्री हुने कुनै इच्छा नभएको दोहोर्‍याउँदै केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्तावमा पनि चासो नभएको उल्लेख गरे। मंगलबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई भेटेर कांग्रेस, जसपा र आफूहरु मिलेर ओलीलाई विदा गर्नुपर्ने कुरा राखेका थिए। तर देउवाले पुरानै रेडिमेड जवाफ पार्टीमा सल्लाह गर्ने भनेर प्रचण्डलाई फर्काइदिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here