देउवा, गगनसहितका शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज रूपमा खुलाउने विषयमा छलफल गर्न बोलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, उसपभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला केही बेरअघि बालुवाटार पुगेका हुन् । सहकारी प्रकरणमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवरोध जारी राखेपछि प्रधानमन्त्री प्रचण्ड संसद खुलाउने अन्तिम प्रयासमा जुटेका हुन् ।

frontline

सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । तर, कांग्रेसले भने संसदीय छानविन समिति गठन नगरेसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here