देउवासँगै ‘प्रचण्ड’ पनि नेपाल निवास कोटेश्वर पुगे

श्रोत : ईन्टरनेट

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनको निवास कोटेश्वर पुगेका छन्।  

यसअघि महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा नेपाल निवास पुगेका थिए। त्यसको केहीबेरमै प्रचण्ड पनि पुगेका हुन्।

frontline

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ। 

‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ’ स्रोतले भन्यो।

यसअघि विपक्षी गठबन्धनको छलफलमा नेता नेपाल देउवा निवास बुढानिलकण्ठ जान्थे। तर आज देउवा र प्रचण्ड नै नेपाल निवास गएका छन्।

प्रतिक्रिया दिनुहोस्

poster-here