देउवाले मोदीलाई लुम्बिनीमा ध्यान गर्न बोलाएर ६ सय मेगावाट बिजुली प्रसादको रुपमा दिनुभयो : सांसद सुवाल

फाइल तस्बिर

२९ जेठ,काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको विकासका लागि उत्तरदायी नभएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री देउवाले नेपालका खोलानाला समेत बिक्री गरेको उनको भनाइ छ।

frontline

उनले प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा ध्यान गर्न बोलाएर  ६ सय मेगावाट बिजुली प्रसादको रुपमा दिएको बताए।

‘ प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा ध्यान गर्न बोलाएर  ६ सय मेगावाट बिजुली प्रसादको रुपमा दिनुभयो। के खोलानाला सबै प्रसादको रुपमा  भारतलाई दिने हो? उनले भने,’ यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ।

देश ध्वस्त भयो भने यसको जिम्मेवार प्रधानमन्त्री हुनुपर्ने उनको भनाइ छ।

उनले प्रधानमन्त्री देउवाले केही दिनअघि लगानी बोर्डको बैठक राखी पश्चिम सेती जलविधुत परियोजन भारतको एकाधिकार पुँजीलाई दिने निर्णय गरेको भन्दै आपत्ती जनाए। नेपालको जलस्रोत भारतलाई दिने भन्दै उनले कोशी, गण्डकी, महाकाली कर्णालीलगायत एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग गरे।

आर्थिकरुपमा स्वतन्त्र नभएको देश राजनीतकरुपले स्वतन्त्र नहुने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here