दुर्घटना परेको बसमा आफैं आगलागी

श्रोत : ईन्टरनेट

२४ कात्तिक, जनकपुरधाम : धनुषामा बुधबार दुर्घटना परेको बसमा आफैं आगलागी भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

frontline

सडकको दाहिनेपट्टि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । आगलागीपछि बस पूर्ण रुपले जलेको छ ।

दुर्घटनामा बसमा सवार १० भन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here