दुर्घटनामा परेका घिमिरे बुबा छोरा लाई योगदान राष्ट्रको लागि स्वयमसेवक द्वारा बचाउन सफल

योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेती तथा केन्द्रीय सदस्य पुरुषोतम उप्रेती द्वारा कार दुर्घटना मा परेका मोरङ्ग जिल्ला इटहरी निवासी बर्ष ३५ का प्रतिक घिमिरे तथा वहा को बुवा लाई सकुशल बचाउन सफल हुनु भएको छ ।

दुर्घटना मा प्रत्यक्ष उद्दार गर्नु हुने अन्तराष्ट्रिय प्राथमिक उपचार प्रशिक्षक ओम उप्रेतिले दिनु भएको घटनाको विवरण अनुसार पूर्व इटहरी बाट बाँके नेपालगञ्ज तर्फ हिड्नु भएको वुवा छोरा चपुर जंगल मा अचानक सडक खण्ड बाट देब्रे तर्फ २० मीटर पर रूख मा गएर ठोकिएको अवस्थामा कार थियो‌ ।

frontline

“हामी दाजु भाई हेटौंडा बाट जनकपुर को यात्रा मा बिहान ३:४५ मा योगदान राष्ट्रको लागि निशुल्क प्राथमिक उपचार तालिम को लागि हिँडेको थियौ। हामी दुर्घटना स्थलमा पुग्दा समय बिहान काे ५: ००बजेको थियाो हामी ले सडक खण्ड को भित्र झाडी मा गाडी को इमरजेन्सी बत्ती बलेको देख्यौ अनि हामी लाई कोही दुर्घटना भए जस्तो लाग्यो हामी केही अगाडि बढी सकेको थियौ‌ र मैले दाई लाई दुर्घटना हुनसक्छ भने पछी दाई ले हाम्रो कार घुमाउनु भयो जब हामी नजिक पुग्यौ दुघर्टना रहेछ छोरा मा केही होस थियो भने झुण्डेको अबस्था र बुवा कार को ड्राइभिङ्ग सिट मा चेपिएर बेहोश अवश्था हुनू हुन्थ्यो तर ढोका खोल्न नसके पछि ट्रक चालक हरू सँग औजार लिई ढोका फुटाइ बाहिर निकाल्यौ र हामी‌ले गाडी ‌रोकि ट्रक चालक हरू सँग सहयोग मागी हाम्रो आफ्नै गाडी मा राखेर सकुशल चन्द्रपुर अस्पताल मा ल्याईयो र नेपाल प्रहरी तथा वहाँ को परिवार मा खबर गरायौ र अनि फेरी हाम्रो ‌यात्रा जनकपुर तर्फ रहृयो ‌। यस दुर्घटना हामी ले देख्नु भन्दा ३०/४०मिनेट अघि भएको अनुमान थियो किनकि घाईते को धेरै रगत बगेर पनि चोट हरू मा रगत जमि सकेको ले दुर्घटना निकै समय अघि भएको अनुमान गर्न सकिन्छ तर त्यही सडक बाट सयौ सवारी साधन हिडे कसैले मद्दत गरेनन ।”ओम उप्रेतीले बताउनु भयो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here