दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलायन्सको ब्लाकबक्स फेला
९ चैत,काठमाडौं । दुई दिनअघि दुर्घटनाग्रस्त बनेको चाइना इस्टर्न एयरलायन्सको ब्लाकबक्स फेला परेको छ।
समाचार एजेन्सी एपीका अनुसार दुईमध्ये एक ब्लाकबक्स फेला परेको हो।
फेला परेको ब्लाकबक्स पूर्णरुपमा क्षतिग्रस्त बनेको चिनियाँ अधिकारीहरुले बताएका छन्।
‘रेकर्डर यति बिग्रिएको छ कि यो फ्लाइट डाटा रेकर्डर हो कि ककपिट भ्वाइस रेकर्डर हो भन्नसक्ने अवस्था छैन,’ चिनियाँ अधिकारीलाई उद्धृत गर्दै एपीले उल्लेख गरेको छ।
उक्त विमानमा सवार १३२ जनाकै मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। एक जना पनि मृतक नभेटिएपछि यस्तो आशंका गरिएको बताइएको छ।
चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान कुन्मिङबाट उडेर ग्वाङ्जाउतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त बनेको थियो।
प्रतिक्रिया दिनुहोस्