दुधौली –६ जगाडीमा जंगली हात्तीले थप २ घर भत्कायो

२१ पुस, सिन्धुली । दुधौली नगरपालिका–६ जगाडीमा जंगली हात्तीले थप २ घर भत्काएको छ । हात्तीले बिहीबार बिहान १ बजे दुई घर भत्काएको स्थानीय सिताराम काफ्लेले जानकारी दिए ।

उनका अनुसार जगाडी गाउँका शेरबहादुर कार्की र सन्तबहादुर विश्वकर्माको घर जंगली हात्तीले भत्काएर नष्ट पारेको हो । यसअघि बुधबार ५ घर हात्तीले भत्काएको थियो ।

frontline

दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले हात्ती पिडीतलाई नगरपालिकाले राहत सामाग्री दिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here