दुई समूहबीचको विवादले उग्र रूप लिएपछि.. परियारको गयो ज्यान

२६ असार, काठमाडौं । गत मंगलबार ठमेलको १० एक्सनाइट क्लबमा दुई समूहबीच विवाद भयो । क्लबमा रातभर झुमेका उनीहरूबीच बिहान ४ : ४५ मा विवादले झगडाकाे रुप लिएका थियो ।

दुवै समूहका युवाले अत्यधिक मादकपदार्थ सेवन गरेका थिए । क्लबमा भएको विवादले उग्र रूप लिन खोजेपछि एक समूह आफ्नो कार लिएर क्लबबाट निस्केर ठमेल, सोह्रखुट्टे हुँदै बालाजु हुइँकिँदै थियो । 

frontline

तर, क्लबमा विवाद गरेका युवाहरूले भने कारलाई गर्दै पिछा गर्न थाले । कारमा सवार युवाहरूमाथि कुटपिट गर्ने उद्देश्यले दुईवटा मोटरसाइकलमा चार जना युवा कारको पछि लागे । कार आफ्नै गतिमा हुइँकिँदै थियो । 

बालाजु पुलपुग्दा कारलाई ओभरटेक गर्न खोज्दा तीव्र गतिको ३५० सीसीको बा ०२–०२३ प ३७७५ नम्बरको डोमिनार कम्पनीको एउटा मोटरसाईकल पुलको रेलिङमा बजारियो । चालक थिए– काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियार । उनी दुर्घटनास्थलमै अचेत भए ।

उनीहरूसँगै गएका अर्काे मोटरसाइकका साथीहरूले रेलिङमा ठोक्किएको मोटरसाइकल सवार सविन र काठमाडौं इन्द्रचोकका २२ वर्षीय निरज महर्जनलाई उद्धार गरेर ठमेल नयाँबजारस्थित पिपुल्स अस्पताल पुर्‍याए । 

गत मंगलबार ठमेलको १० एक्सनाइट क्लबमा दुई समूहबीच विवाद भयो । क्लबमा रातभर झुमेका उनीहरूबीच बिहान ४ : ४५ मा विवादले झगडाकाे रुप लिएका थियो ।

दुवै समूहका युवाले अत्यधिक मादकपदार्थ सेवन गरेका थिए । क्लबमा भएको विवादले उग्र रूप लिन खोजेपछि एक समूह आफ्नो कार लिएर क्लबबाट निस्केर ठमेल, सोह्रखुट्टे हुँदै बालाजु हुइँकिँदै थियो । 

तर, क्लबमा विवाद गरेका युवाहरूले भने कारलाई गर्दै पिछा गर्न थाले । कारमा सवार युवाहरूमाथि कुटपिट गर्ने उद्देश्यले दुईवटा मोटरसाइकलमा चार जना युवा कारको पछि लागे । कार आफ्नै गतिमा हुइँकिँदै थियो । 

बालाजु पुलपुग्दा कारलाई ओभरटेक गर्न खोज्दा तीव्र गतिको ३५० सीसीको बा ०२–०२३ प ३७७५ नम्बरको डोमिनार कम्पनीको एउटा मोटरसाईकल पुलको रेलिङमा बजारियो । चालक थिए– काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियार । उनी दुर्घटनास्थलमै अचेत भए ।

उनीहरूसँगै गएका अर्काे मोटरसाइकका साथीहरूले रेलिङमा ठोक्किएको मोटरसाइकल सवार सविन र काठमाडौं इन्द्रचोकका २२ वर्षीय निरज महर्जनलाई उद्धार गरेर ठमेल नयाँबजारस्थित पिपुल्स अस्पताल पुर्‍याए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here