दुई भाइले गरे बहिनीकाे प्रेमीकाे हत्या…

२९ साउन, वीरगञ्ज । बारामा दुईजना भाइहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध गास्ने युवकको हत्या गरेका छन्।

प्रहरीका अनुसार बहिनीसँग प्रेम सम्बन्धमा रहेकाे भन्दै दुई जना दाजुभाइले बाराको बिश्रामपुर गाउँपालिका-५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेका हुन्।

frontline

हत्या गर्ने दुवै दाजुभाइ सोही गाउँपालिका-५ इटियाही टोलकै २८ वर्षीय उत्तम पटेल र निजकै दाई ३० वर्षीय प्रितम पटेल रहेका छन्।

गत साउन २४ गते मृतक ठाकुर ट्युसन पढ्न पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवातर्फ साइकलमा गएका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनलाई २७ गते नगवामा टेलर सञ्चालन गरी बस्दै आएका दुवै दाजुभाइले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या पछि शवलाई बोरामा प्याक गरेर ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा बोकेर भारतको रक्सौल रेल्वे स्टेशनमा लगि रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली छाडि फर्केकाे खुल्न आएकाे प्रहरीले जनाएकाे छ।

बारा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझेर अनुसन्धान गर्दा हत्या गर्ने दुबै दाजुभाइलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी राजेश थापाले जानकारी दिए।

पक्राउ परेका दुवै जनाले बहिनीसँग प्रेम सम्बन्ध राखेका कारण ठाकुरको हत्या गरेको स्वीकार समेत गरेकाे डिएसपी थापाले बताए।

पक्राउ परेका दुवै जना दाजुभाइलाई अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अघि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here