दुई दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला

धनगढी । कैलालीमा दुई दिनदेखि बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् ।

सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का पाँच वर्षीय विवेक बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बालक बुधबार टीकापुर नगरपालिका–४ बागमारास्थित जमरा कुलोको किनारमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

बालकको शव पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक गुरुले बताए ।

सोमबार दिदी नाता पर्ने १५ वर्षीया किशोरीसँग घर नजिकै जामुन खान गएका बेला बालक बेपत्ता भएपछि खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

जामुन खाएर फर्किने बेला उनलाई सडकमै छोडेर साथीको घर गएको तर फर्किने बेला त्यहाँ नभेटेको ती किशोरीले बताउँदै आएको प्रहरीले जनाएको छ ।

उनीसँगै घटनासँग जोडिएका शंकास्पद व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी आफैं खटिएका छन् ।

उनी बालक हराएदेखि नै टीकापुरमा छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here