दुई जनाको पोखरीमा डुबेर मृत्यु

धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

सोमबार धनुषाधाम नगरपालिका वडा–२ स्थित धरमपुरमा महिला र एक बालकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

frontline

उनका अनुसार घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका अन्दाजी ४ वर्षीय छोरा कुश कुमार सिंहको शव फेला परेको हो ।

स्थानीयले पोखरीमा शव देखेपछि धनुषा प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

घटना आत्महत्या वा हत्या के हो भन्नेबारे अनुसन्धानबाट मात्र खुल्ने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here