दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न

श्रोत ; ईन्टरनेट

६ चैत, ललितपुर । ललितपुरको पुल्चोकस्थित दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ ।

शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आयोजित एक कार्यक्रमका बीच उक्त फल्चाको शिलालेखको अनावरण गरेका हुन् ।

frontline

महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण सम्पन्न गर्न सफल भइसकेको जानकारी दिए ।

उनले पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको भन्दै आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गरे ।

उनले समय फल्चाको महत्व धेरै रहेको भन्दै सम्पदा फिर्ता आएकोमा सबै खुसी रहेको धारणा राखे ।

यसअघि फल्चा पुनःनिर्माणमा देखिएको विवाद अदालतसम्म पुगेको थियो ।

अशोक स्तुपसँगैको कित्ता नम्बर ३२७ मा पुनःनिर्माण गर्न खोजिएको समय फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा भएको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here