दुईवटा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

फाइल तस्बिर

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शुक्रबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गर्नुभएका देउवा चुनावी सभामै व्यस्त बन्नु भएको छ ।

frontline

देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जानकारी दिएको छ ।

यस्तै, देउवाले शनिबार बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइतबार बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

उहाँ आइतबार काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here