दीर्घरोगीको निःशुल्क वीमा गर्दै परशुराम सरकार

डडेल्धुरा । परशुराम नगरपालिकाले निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आइतबारदेखि पालिकाभित्र रहेका दीर्घ रोगी विरामीको लागि निःशुल्क वीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक हिक्मत बहादुर धामीका अनुसार दीर्घ रोगीका विरामीलाई लक्षित गर्दै पालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई बताए । 

frontline

उनका अनुसार चालू आर्थिक वर्षमा ४२८ जनाको वीमा गर्ने लक्ष्य लिएपनि ३९६ को नाम संकलन भएको छ । सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि तथा आवश्यक कागजात संकलन गरी वीमा गरिने उनले बताए । 

सोका लागि वीमा टोली जनताको घरघरमा गई कागजात संकलनका साथै वीमा गर्दै आएको उनले बताए । उनले वीमाबाट विरामीको लागि आवश्यक औषधी वितरण गरिने बताए । ‘क्षयरोग, एचआइभी एड्सलगायतका दीर्घरोगीका विरामीलाई सरकारले नै निःशुल्क औषधी वितरण गरेको छ,’ उनले भने, ‘सोबाहेकका दीर्घरोगीका लागि पालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।’ 

वीमा सहभागी भएका विरामीलाई पालिकाद्धारा सञ्चालित स्वास्थ्य केन्द्रमा उपचार गर्नुका साथै आवश्यकताको आधारमा नजिकका अस्पतालमा रिफर गरिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here