दिल्लीमा साप्ताहिक कर्फ्यु लाग्ने

२१ पुस, नयाँ दिल्ली । बढ्दो ओमिक्रोन संक्रमणका कारण भारतको राजधानी दिल्लीमा साप्ताहिक कर्फ्यु लाग्ने भएको छ।

राजधानी दिल्लीमा आगामी शनिबार र आइतबार पूर्णरुपमा प्रतिबन्ध लाग्ने भएको हो।

frontline

मंगलबार बसेको दिल्लीको विपद व्यवस्थापनको बैठकले सो निर्णय गरेको भारतिय मिडियामा खबर छ।

अत्यावश्यक कामबाहेकका सबै सरकारी र निजि कार्यालय बन्द रहने सो बैठकले निर्णय गरेको बताइएको छ।

दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या ५ प्रतिशतले बढेको बताइएको छ।

गएको सेप्टेम्बरयता भारतमा कोरोना संक्रमितको संख्या ६ प्रतिशतले बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here