दिल्लीमा थप १ जनामा मङ्कीपक्स संक्रमण, भारतमा मङ्कीपक्सका कुल ९ संक्रमित

१९ साउन, नयाँ दिल्ली । भारतको दिल्लीमा  एक विदेशी नागरिकमा मङ्कीपक्स संक्रमण पुष्टि भएको छ। अहिलेसम्म भारतको राजधानी दिल्लीमा कुल चार जनामा संक्रमण देखिएको छ। संक्रमित ३१ वर्षकी महिला हुन्।

संक्रमित महिला हालसालै विदेश गएकी हुन् वा होइनन् भन्ने स्पष्ट भइसकेको छैन। योसमेत गरेर भारतमा मङ्कीपक्सका कुल ९ संक्रमित भएका छन्। यी सबै घटना दिल्ली र केरलाका हुन्।

frontline

ती महिलालाई ज्वरो र शरीरमा फोकोहरु आएका छन्। उनलाई लोकनायक जयप्रकाश अस्पतालमा भर्ना गरिएको छ।  यसअघि मंगलबार ३५ वर्षीय विदेशीमा मङ्कीपक्स पुष्टि भएको थियो। उनी पनि हालसालै कतै बाहिर यात्रा गरेका थिएनन्। 

संक्रमित व्यक्तिलाई एलएनजेपी अस्पतालमा भर्ना गरिएको थियो। सोही क्रममा सोमबार एलएनजेपी अस्पतालबाट मङ्कीपक्सका एक बिरामी डिस्चार्ज भएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here