दिक्तेल -१२ जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित

फाइल तस्बिर

२० असार, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित भएका छन् ।

शुक्रबार राति परेको अविरल वर्षाका कारण जालपाको साबालुङमा ५ र घलेगाउँमा १ गरी ६ परिवार विस्थापित भएका हुन् ।

frontline

झरीले गाउँ चिराचिरा परेपछि साबालुङका रामीरा राई, शारदा राई, भीमबादुर राई, कर्णबहादुर राई र जीतबहादुर राई र घलेगाउँका धनबहादुरको परिवार विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

थप पहिरोको जोखिम बढेपछि साबालुङको बर्मालीघर टोलमा अस्थायी टहरा बनाएर उनीहरूलाई राखिएको स्थानीय प्रसाद राईले बताए ।

उनीहरूलाई प्लास्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए ।

विस्थापितमध्ये रामीरा एकल महिला र शारदा अभिभावकविहीन हुन् । उनीहरूको आर्थिक अवस्थासमेत नाजुक रहेको वडाध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here