दिक्तेलरुम नगरपालिकाले ८५ करोड ८ लाखको बजेट – स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरसभामा अनुमानित ८५ करोड ८ लाख ६२ हजार बराबरको वजेट पेश गरेको छ। कुल बजेटबाट सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान जस्ता तोकिएरै आएका बजेट बाहेक बाँकी रहेको ३० करोड ६५ लाख ७० हजारको सिमामा रहेर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ब्रेकडाउन गरेको छ। नगरपालिकाले बाँड्न मिल्ने बजेटमध्येबाट चालु खर्चतर्फ १५ करोड १३ लाख ३८ हजार र पुँजीगततर्फ १५ करोड ५२ लाख ३२ हजार विनियोजन गरेको छ। पुँजीगत खर्चमध्ये १५ वडालाई ४ करोड ५ लाख बजेट दिइएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा सर्तसहितको अर्थात तोकिएरै ५४ करोड ४२ लाख ९२ हजार बजेट आएको छ।
प्रतिक्रिया दिनुहोस्