दिक्तेलमा १५ गते कोभिडविरुद्धको दोश्रो डोज खोप लगाइँदै

फ्रन्टलाइन पालिका । खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोभिड १९ विरुद्धको पहिलो डोज खोप लगाइसकेकाहरुलाई दोश्रो डोज खोप यही जेठ १५ गते लगाइने भएको छ । नगरपालिकाले आज सुचना जारी गर्दै सोको लागि सम्पुर्णमा आह्वान गरेको हो ।


नगरपालिकाले गत महिना सम्ममा पहिलो मात्रा कोभीशिल्ड नामको कोरोना बिरुद्वको खोप पाउने सम्पूर्ण नगरबासिहरु तथा बाहिरबाट पहिलो डोज कोभीशिल्ड लगाई दोश्रो डोज लगाउन बाकी सम्पूर्णलाई जनस्वास्थ्यको मापदण्ड अपनाई तपशिल अनुसार संचालन हुने खोप क्लिनिकमा उपस्थितिका लागि जानकारी सहित अनुरोध गरेको छ ।
सो खोप कार्यक्रम जेठ १५ गते स्वास्थ्य कार्यालयको तालिम हलमा प्रदान गरिने जनाइएको छ । खोप कार्ड अनिवार्य बोक्न पनि सुचित गरिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here