दाता सम्मेलनको तयारी नगरपालिका महासंघ
नगरपालिकाहरुको आर्थिक रुपान्तरणका लागि नेपालको शहरी क्षेत्रमा लगानी गर्न इच्छुक दाताहरुको लागि दाता सम्मेलनको तयारी गरिरहेको नगरपालिका महासंघले जनाएको छ ।
नेपाल नगरपालिका संघकाे २८ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नगरपालिका संघकाे अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले स्थानीय सरकारलाई डिजिटलाइज्ड गर्ने कुरा बताउनुभएको छ । संघकाे २८ औं बार्षिकोत्सवको अवसरमा उहाँले हाम्रो आर्थिक अवस्थाको अभावलाई व्यवस्थापन गर्नका लागि नेपालको शहरी क्षेत्रमा लगानी गर्ने सबै डोनरहरुलाई बोलाई डोनर सम्मेलन गरी शहरीकरणमा विकास गर्ने कुरा व्यक्त गर्नुभएको छ। साथै सहरको आवश्यकता के कति रहेको छ, र शहरी क्षेत्र विकासको लागि आवश्यक पुँजी त्यहीअनुसार परिचालन कसरी गर्ने भन्ने विषयमा अगाडि बढाउन नेपाल नगरपालिका संघले खोजेको बताउनुभएको छ।
नेपालमा स्थानीय सरकारहरू भर्खर निर्माण भएको अवस्थामा स्थानीय सरकारका जनप्रतिनिधि त्यस्तैगरी स्थानीय सरकारका कर्मचारी र तीनै तह स्थानीय, प्रदेश र सङ्घिय संग समन्वय गरी साझेदारी गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समन्वयात्मक रुपमा कार्यक्रम गरी स्थानीय सरकारलाई अझ बढी अब्बल बनाउने कुरा व्यक्त गर्नुभयो। साथै स्थानीय तहमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग गरि बहस तथा छलफल गरी अब्बल बनाउन सकेमा स्थानीय जनताको आर्थिक सामाजिक सांस्कृतिक परिवर्तन समेतको संवाहक हुने कुरा अध्यक्ष अशोक व्याञ्जुले व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्