दाङमा शिक्षकलाई विद्यार्थीले हाने खुँडा

प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि विद्यार्थीले खुँडा प्रहार गरेका हुन् ।

२१ वैशाख, काठमाडौं । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् ।

frontline

शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ ।

बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीको भनाइ छ ।

घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ ।

खुँडा प्रहारको कारण भने खुलिनसकेको दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

खुँडा प्रहार नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here