दाउरा टिप्ने क्रममा बगेकी महिलाको चार घण्टापछी सकुशल उद्दार

श्रोत : ईन्टरनेट

शुक्रबार, दाङ । राप्ती नदिमा बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बगेकी महिलाको चार घण्टापछी सकुशल उद्दार गरिएको छ ।

हिजो दिउँसो चार बजे गढवा गाउँपालिका-३ गोवरडिहाबाट नदिमा बगेकी महिला करिब आठ किलोमिटर टाढा लमही नगरपालिका-४ बुटकौवा स्थित टापुबाट सकुशल उद्दार गरिएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिनुभयो ।

frontline

ति महिलाको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । पौडन जानेकी ति महिला पानीमा टाउको नडुबाइ उत्तानो परेर तैरिनुभएको थियो ।

बाढीमा वेपत्ता भएकी चौधरी सकुशल फर्किने आशा आफन्तले मारिसकेका थिए ।

बाढीमा वेपत्ता भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्दारमा परिचालन भएका थिए । बुटकौवाको टापुबाट महिलाको उद्धार गरिएको हो ।

राप्ती नदिमा पानीको सतहले खतराको तह पार गर्न थालेपछि सतर्कताको लागि प्रशासनले सार्वजनिक सुचना समेत जारी गरेको छ ।

अविरल बर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन दाउरा टिप्न नदि किनारमा नजान समेत सुचना जारी गरिएको हो ।-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here