दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

१६ जेठ, बुटवल । रातभरिको वर्षाले डाइभर्सन भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्किबास सडक पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण यातायात ठप्प भएको थियो ।

frontline

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्सपेक्टर नारायण थापाका अनुसार मध्यरातिदेखि अवरुद्ध सडक आज बिहान ६ बजेदेखि एकतर्फी खुलाइएको छ ।

चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन पनि खोलाले बगाएको छ । सो स्थानमा ठूला मालबाहक गाडीहरु रोकिए पनि रात्रि बस लगायतका अन्य हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट उद्योगतर्फको बाटो हुँदै आउ–जाउ गराइएको छ ।

जेठ १५ गते राति करिब १ बजेदेखि परेको वर्षासँगै बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रको खुर्सानी खोलामा सडक भासिनुका साथै दुम्किबासको विनयी खोला र चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन बगाएको थियो ।
पालैपालो खोला पार गर्नुपर्ने भएकाले चोरमारा र दुम्कीवास क्षेत्रमा केहीबेर रोकिन सवारी चालक र यात्रुहरु बाध्य छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

दाउन्ने पूर्व–पश्चिम राजमार्ग

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here