दसैँमा सूर्यविनायक–धुलिखेल चिल्लो सडकबाट पूर्व यात्रा

दसैँमा काठमाडौंबाट घर जाने यात्रुले यसपालि सूर्यविनायक–धुलिखेल सडकमा सास्ती भोग्नु नपर्ने भएको छ। सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले उपत्यकाबाट पूर्व जाने सवारी र यात्रुलाई सहज हुने भएको हो। 

अहिले यो खण्डमा कालोपत्रे र मर्मतलाई तीव्र पारिएको छ। 

frontline

यसअघि उपत्यकाबाट पूर्वी पहाड र तराई जाने सवारीले यस खण्डमा सास्ती खेप्दै आइरहे पनि अहिले सडकका विभिन्न खण्डमा कालोपत्रे भइसकेको छ। 

बाँकी स्थानमा पनि निर्माण कार्य जारी छ। सडक पूर्ण रुपमा तयार नभइसके पनि दसैँमा घर फर्किने यात्रुलाई सहज बनाउन पुल आसपासका सडक मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने र ग्राभेल राखेर सतह सम्याउने काम भइरहेको छ। 

१५.८ किलोमिटर लामो यो सडक ६ लेनमा विस्तार गरिएको हो। 

आयोजनाका इन्जिनियर विष्णु खनाल सडक निर्माण सम्पन्न भएपछि यात्रुले वर्षौँदेखि भोग्दै आइरहेको सास्ती कम हुने बताउँछन्। 

यद्यपि, दसैँसम्म सडकको सबै काम भने नसकिने उनले जानकारी दिए। 

आयोजनाले निर्माणाधीन खण्डमा यात्रुलाई सहज आवागमन गराउने गरी कामलाई प्राथमिकता दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here