दसैँको अष्टमीको दिन थारु समुदाय ढिक्री पूजा गर्दै

कञ्चनपुर, २७ असोज (रासस) : कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा सङ्लग्न भएका छन् । घरका मूली महिला र पुरुषले दिनभर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन् ।

देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा सङ्लग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताउनुभयो ।

frontline

“कुभिण्डोको भेडाको प्रतिमा स्थापना गरी पूजा गर्ने चलन पनि छ” उहाँले भन्नुभयो, “पूजा गरेपछि बर्तालुले भोजन ग्रहण गरेपछि रातभर नाचगान गरी देउता जगाउने गरिन्छ ।

जसलाई भेडुवा जगैना भन्ने गरिन्छ ।” रातभर जाग्नु पर्ने भएकाले नाचगान गरी रमाइलो गरिन्छ । बूढापाकाहरुले पुराना गीत गाउने र युवा युवतीले सखियालगायतका नृत्यमा नाच्ने गर्दछन ।

अष्टमीको राति नाचगान गरी नाच्नेले दसैँक दिन पहुरा (कोसेली) सहित बडघरको घरमा टीका थाप्ने चलन रहेको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here