दशैंमा मासु खानेक्रममा हड्डी अड्किएर १ जनाको मृत्यु

१८ असोज, चितवन । दशैंमा मासु खानेक्रममा  अड्किएर १ जनाको ज्यान गएको छ । कालिका नगरपालिका वडा नं.८  गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो ।

हिजो दशैको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

frontline

मासु अड्किएपछी उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याईएको थियो । मेडिकलमा उनको उपचार हुन नसकेपछि भरतपुर तर्फ लगिएको स्थानियले जानकारी दिए ।

उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here