दशैँ अवधिमा १० शव नेपाल फर्किए बाकसमा
२८ असोज, काठमाडौँ । पछिल्लो समय रोजगारीको खोजीमा विदेशिने नेपालीको संख्या बढेसँगै विदेशी भूमिका मृत्यु हुनेकोे संख्या पनि बढेको छ ।
यस वर्ष दशैँको अवधिमा १० शव नेपाल आएको छ । वैदेशिक रोजगार बोर्डका कर्मचारी मिङ्मा लामाले यो वर्ष दशैँको अवधिमा १० शव आएको र मृतकको आफन्तलाई बुझाएको जानकारी दिए।
चालु आर्थिक वर्षको तीन महिनामा ५५ शव नेपाल आएको बोर्डले जनाएको छ। बोर्डका अनुसार १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्