दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सर्‍यो साफ यू-२० च्याम्पियनसिप

दशरथ रंगाशालाको मैदान खेल्न अयोग्य भएपछि साफ यू-२० च्याम्पियनसिप सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गरिने भएको छ।

साफ यू-२० च्याम्पियनसिपका म्याच कमिसनरले दशरथ रंगशालाको मैदानलाई अयोग्य घोषित हुने बताएसँगै प्रतियोगिता एन्फा कम्प्लेक्स सरेको हो।

frontline

आइतबारदेखि  हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्। 

आगामी आइतबार नेपाल र श्रीलंकाबीच दिउसो चार बजे उद्घाटन खेल हुनेछ। प्रतियोगिताका समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनल गरी कुल ९ खेल हुनेछन्। 

यसअघि दशरथ रंगशालाको मैदानको अवस्था खराब भएपछि त्यसको विकल्पमा अर्को मैदानमा खेलाउन एन्फाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) लाई पत्राचार गरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साफ यू-२० प्रतियोगिता गराउन सकिने विषयमा साफलाई एन्फाले पत्राचार गरेको थियो।

यसअघि मंगलबार एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपालको लिग च्याम्पियन चर्च ब्वाइज क्लब र भुटानको पारोबीच प्रारम्भिक चरणको खेलमा दशरथ रंगशालामा खेल भएको थियो।

तर मैदान हिलो हुँदा आलोचना भएको थियो। हिलोका कारण बल राम्ररी गुड्न सकेको थिएन भने दश मिनेटको खेल नसकिदै दुवै टोलीका खेलाडी जर्सी तथा बुट हिलाम्मे भएको थियो। यस्तै चिप्लोका कारण खेलाडीहरुलाई कुद्न समस्या भएको थियो भने प्रहार गरेको बल ठाँउमा पुग्न कठिनाइ भएको थियो।

खेलमा जापानी स्टार होन्डाले पारोको कप्तानी गरेका थिए। उनको कप्तानीमा पारोले २-१ ले खेल जितेको थियो। खेलअघि होन्डा तथा पारोले मैदानको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै खराब भएको प्रतिक्रिया दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here