दल बदल गरेका सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने माओवादीको निर्णय

श्रोत : ईन्टरनेट

काठमाडौं । नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ ।

सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो ।

frontline

सोअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

यी हुन् माओवादी केन्द्रबाट निस्कासित भएका जनप्रतिनिधिहरु : 

क्र.सं.पदनामस्थानीय तह
१.प्रमुखरिना कुमारी साहमौलापुर न.पा. रौतहट
२.प्रमुखसियाराम कुशवाहाकटहरिया न.पा. रौतहट
३.उप्रमुखपरनिया देवीदेवाही गोनाही न.पा. रौतहट
४.उप्रमुखगौरिशंकर जयसवालमौलापुर न.पा. रौतहट
५.उप्रमुखकान्ती देवीफतुवाविजयपुर न.पा. रौतहट
६.उपप्रमुखसिमल साहमानवनारायण न.पा. रौतहट
७.उपाध्यक्षगितादेवी साहयमुनामाई गा.पा. रौतहट
८.नगर का.पा. सदस्यसतमीलाल दास तातीलहान न.पा. सिरहा
९.अध्यक्षशेष फारुकसम्सी गा.पा. महोत्तरी
१०.उपप्रमुखछायाँ देवकोटाभजनी न.पा. कैलाली
११.वडाध्यक्षभागिरथी विष्टगौरीगंगा न.पा.–४, कैलाली
१२.वडाध्यक्षशर्मानन्द भट्टगोदावरी न.पा.–१, कैलाली
१३.वडाध्यक्षपुरन विसीबर्दगोरिया न.पा.–४, कैलाली
१४.वडाध्यक्षसुरेश कुमार थापाचम्पादेवी गा.पा.–१, ओखलढुंगा

प्रतिक्रिया दिनुहोस्

poster-here