दलित वस्तीमा खानेपानीको धारा वितरण

सिरहा। लहान नगरपालिकाले दलित वस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।  गैरसरकारी संस्था ‘वाटर एड’सँगको सहकार्यमा लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबद्वारा संयुक्त रुपमा सञ्चालित योजना मार्फत खानेपानीको धारा वितरण थालिएको हो । 

सो योजनाले चालु  आर्थिक वर्षमा ती बस्तीका तीन सय ४०  घरपरिवारलाई खानेपानीका लागि सहयोग गर्ने जनाएको छ । नगरपालिकाले दुई सय ६९ लालपुर्जाविहीन घरपरिवारलाई धारा जडानका लागि खानेपानी कार्यालयमा राख्नुपर्ने धरौटीका लागि ३,७२० रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

frontline

‘विकन’ योजनाले धारा जडान गर्ने सामग्रीका लागि रु ३,२२० सहयोग गरिरहेको छ । यसैगरी खानेपानी संस्थान लहान र दलित जनकल्याण युवा क्लबद्वारा  एक सय घरधुरीमा स्वच्छ खोनपानी उपलब्ध गराउन धारा जडान गरिएको छ ।  नगरपालिकाले  नगरवासीलाई स्वच्छ खोनपानी आपूर्तिमा समस्या हुन नदिन  संस्थानसँगको सहकार्यमा प्रदिप गरी आश्रम, लहान नगरपालिकाको कार्यालय अगाडि, जेएस क्याम्पस र झण्डापार्कमा नयाँ ‘बोरिङ’ जडानलाई तीब्रता दिएको छ ।  यसका लागि नगरपालिकाले रु ४२ लाखका दरले  रकम निकासा गरेको जनाइएको छ । 

 नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउन उच्च प्राथमिकता दिएको नगरप्रमुख महेश चौधरीले बताए। उनले  सबै वडामा खानेपानीको लागि धारा पुर्याउने काम जारी रहेको जानकारी दिए। पछिल्लो समय लहान–२ बुधटोल, ३ साफी टोल, ५ शान्ति टोल, ७ राजदेवी टोल, ८ तीन घरिया, १० गुदिगाउँ, १४ धनछवारका दलितबस्तीले स्वच्छ खोनपानी उपभोग गर्न पाएका छन् ।
 
लहान–२ बुधटोलका गुदर विश्वकर्माले चापकलको पानीभन्दा  खानेपनी संस्थाले वितरण गरेको पानी स्वच्छ भएको बताए।  लहान–५ का लिलम देवीराम घरमा धारा आएपछि बाहिर खुला ठाउंँमा नुहाउनुपर्ने बाध्यताबाट मुक्त भएको बताए।  लहान–१० गुदिगाउँ का भद्रकुमारी मुगरातीले घरमा पानीको धारा आएपछि खुसीको सीमा नरहेको प्रतिक्रिया दिइन्।           

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here