दक्षिण कोरियामा तीव्ररुपमा फैलिदै कोरोना संक्रमण

१ पौष, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेको छ।

यहाँ पछिल्लो २४ घन्टामा ७ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ भने ७० जनाले ज्‍यान गुमाएका छन्।

frontline

दक्षिण कोरियामा हालसम्म कोरोनाबाट ४ हजार ४५६ जनाको मृत्यु भइसकेको छ। ९६४ जना संक्रमित गम्भीर अवस्थामा छन्।

कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि त्यहाँ सामाजिक कार्यक्रममा प्रतिवन्ध गरिएको छ। यसका साथै कार्यालयको समय पनि घटाइएको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन अन्य भेरियन्टभन्दा तीव्ररुपमा फैलिरहेको चेतावनी दिएको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संसारका अधिकांश मुलुकमा फैलिसकेको बताउँदै डब्ल्युएचओले यस्तो बताएको हो ।

डब्ल्युएचओका अनुसार संसारका विभिन्न ७७ वटा मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परिसकेको पुष्टि भएको छ।

ओमिक्रोन भेरियन्ट पहिलो पटक नोभेम्बर महिनामा दक्षिण अफ्रिकामा देखा परेको थियो। त्यसयता अफ्रिकी मुलुकहरुमा संक्रमण दर तीव्र बनिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here