दक्षिण कोरियामाथि घानाको रोमाञ्चक जित

१२ मंसिर, काठमाडौं । फिफा विश्वकपअन्तर्गत सोमबार भएको समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । यो जितसँगै घानाले अन्तिम–१६ को सम्भावना कायम राखेको छ ।

कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलको २४ औँ मिनेटमा मोहम्मद सलिसुले गरेको गोलबाट घानाले अग्रता बनाएको थियो । ३४ औँ मिनेटमा मोहम्मद कुदुसले गोल गरेपछि घानाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

frontline

यद्यपि, ५८ औँ मिनेटमा गुइ सुङ चोले गोल गर्दै दक्षिण कोरियालाई २–१ को अवस्थामा ल्याएका थिए । यस्तै, ६१ औँ मिनेटमा चोले नै गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काएका थिए । 

तर, ६८ औँ मिनेटमा कुदुसले घानाका लागि तेस्रो गोल गरेसंगै घानाले ३–२ को रोमाञ्चक जित निकालेको थियो । 

जितसँगै दुई खेलबाट तीन अंक जोडेको घाना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको दक्षिण कोरिया तालिकाको पुछारमा छ । 

घाना यसअघि पहिलो खेलमा पोर्चुगलसंग ३–२ ले पराजित भएको थियो । यता, दक्षिण कोरिया पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here