दक्षिण कोरियाका राष्ट्रपति युन निलम्बित
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल अन्ततः पदबाट निलम्बन भएका छन् । दक्षिण कोरियाली संसदले शनिबार राष्ट्रपति युन सुकमाथि लगाइएको महाभियोग प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेपछि उनी पदबाट निलम्बन भएका हुन् । यही डिसेम्बर ३ तारिख साँझ ‘मार्सल ल’ (सैनिक शासन) घोषणा गरेबापत उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।
यसअघि अघिल्लो हप्ताको शनिबार अर्थात् डिसेम्बर २२ का दिन विपक्षी डेमोक्र्याटिक पार्टीले ‘नेसनल एसेम्बली’ (दक्षिण कोरियाली संसद्) मा पेस गरेको महाभियोग प्रस्तावका पक्षमा सत्तारुढ दलका सबै सांसदले मत नदिँदा पास हुन सकेको थिएन । तर शनिबार महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्