दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेट भारतले जित्यो

१५ पुस, काठमाडौं । दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेट भारतले एक सय १३ रनले जितेको छ । सेन्चुरियनमा भारतले दिएको तीन सय पाँच रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका एक सय ९१ रन बनाउँदा अलआउट भयो ।

उसका लागि डिन इल्गरले सर्वाधिक ७७ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह र मोहम्मद शमीले तीन/तीन तथा मोहम्मद सिराज र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए ।

frontline

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलाे पारीमा तीन सय २७ रन बनाएकाे थियाे । उसका लागि केएल राहुलले एक सय २७, मयंक अग्रवालले ६०, अजिन्क्या रहाणेले ४८ र विराट काेहलीले ३५ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एन्गिडीले ६ र कागिसाे रबाडाले तीन विकेट लिए । 

त्यसपछि पहिलाे पारीकाे ब्याटिङ गरेकाे दक्षिण अफ्रिका मात्र एक सय ९७ रनमा समेटियाे । उसका तेम्बा बाबुमाले ५२ र डिककाले ३४ रन बनाए ।

बलिङतर्फ भारतका माेहम्मद शमीले पाँच विकेट लिए तथा जसप्रीत बुमराह र शार्दूल ठाकुरले दुई/दुई विकेट लिए । 

यसरी भारतले पहिलाे पारीकाे आधारमा एक सय ३० रनकाे अग्रता लिएकाे थियाे । 

दाेस्राे पारीमा भारतकाे टिम पनि मात्र एक सय ७४ रनमा समेटियाे । उसका लागि ऋषभ पन्तले ३४ र केएल राहुलले २३ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका कागि कागिसाे रबाडा र मार्काे जेनसनले समान चारचार विकेट लिए ।  

सेन्चुरियनमा भारतकाे याे पहिलाे टेस्ट जित हाे । जितसँगै तीन खेलको शृङ्खलामा भारतले एक–शून्यको अग्रता बनाएको छ ।

तीन टेस्ट र तीन वटा एकदिवसियको शृङ्खला खेल्न भारत दक्षिण अफ्रिकाको भ्रमणमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here