दक्षिण अफ्रिकामा भएको छुट्टाछुट्टै गोलीकाण्डमा ९ जनाको मृत्यु

२ साउन, काठमाडौं । दक्षिण अफ्रिकाको दुई प्रान्तमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिाकाको सडक नजिकमा पासा खेलिरहेका पुरूषहरूको समूहमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एक व्यक्तिलाई दक्षिण अफ्रिकाको थेम्बेलिहलेमा गोली हानी हत्या गरिएको हो ।

frontline

यसैगरी जोहानेसबर्गको टाउनशिपमा पनि गोली हानी ४ जनाको हत्या गरिएको हो । घटनामा संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । दक्षिण अफ्रिकामा हरेक वर्ष हुने हत्याकाण्डमा झण्डै २० हजार मानिसको मृत्यु हुने गरेको छ ।

साेही घटना लगतै दक्षिण अफ्रिकाभर सुरक्षा व्यवस्था कडा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here