दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विस्फोट हुँदा १० जनाको मृत्यु, ५० जना घाइते
९ पुस, जोहानेसबर्ग । दक्षिण अफ्रिकाको ठूलो सहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान ग्यास बोकेको ट्रक विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् ।
इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीका अनुसार बिहान ७ः५० बजे बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको खबर प्राप्त भएको हो ।
नत्लाडीले भने, “अग्निनियन्त्रकहरूले आगो निभाउन खोज्दा विस्फोट भएको छ । घटनामा ६ जना अग्निनियन्त्रक घाइते भएका छन् । उनीहरूको अवस्था स्थिर रहेको छ ।”
घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए । प्रवक्ताका अनुसार ट्रकले कुन प्रकारको ग्यास बोकेको थियो भन्ने जानकारी प्राप्त हुन सकेको छैन । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्