दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला

१० माघ, काठमाडौं । दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन् ।

आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन्

frontline

विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई आश्चर्यजनक मानिएको छ ।

डच प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार एजेन्सी एएफपीसँग भनेकी छन्, ‘विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका उनलाई अस्पताल लगिएको छ ।

ती व्यक्ति जीवित हुनु आश्चर्यजनक हो ।’ ती व्यक्तिको परिचय भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

जोहनिसबर्गबाट एम्सटर्डमसम्म पुग्न सामान्यतया ११ घण्टा लाग्ने बताइन्छ । विमान माथि उड्दा अक्सिजनको कमी र चिसोले मानिसको मृत्यु हुनुपर्नेमा ती व्यक्ति जीवित हुनु आश्चर्यजनक भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here