दक्षिण अफ्रिकाको यात्रा प्रतिबन्ध तत्काल हटाउन माग

१४ मंसिर, बीबीसी । दक्षिण अफ्रिकाका राष्ट्रपतिले आफ्नो देश र छिमेकीविरुद्ध लागु गरिएको यात्रा प्रतिबन्धको निन्दा गरेका छन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि यूके, यूरोपेली मुलुक, अमेरिका, अष्ट्रेलिया र इजरायललगायत देशले यात्रा प्रतिबन्ध लागु गरेका छन् ।
 
राष्ट्रपति सिरिल रामाफोसाले सो कदमलाई अनुचितभन्दै यस कार्यबाट आफू ‘गहिरो गरी निराश’ भएको बताए । उनले यात्रा प्रतिबन्ध तत्काल हटाउन पनि आग्रह गरेका छन् ।

frontline

ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखिएको छ । प्रारम्भिक प्रमाणले यो पुनः संक्रमण हुने जोखिम उच्च रहेको देखाएको छ ।
 
दक्षिण अफ्रिकाले नोभेम्बरको सुरुतिरै व्यापक रूपमा उत्परिवर्तन हुने भेरियन्टको पत्ता लगाएको थियो र त्यसपछि गत बुधबार विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको थियो ।
 
विश्व स्वास्थ्य संगठनले जोखिम आधारित र वैज्ञानिक तरिका खोज्नुपर्ने बताउँदै देशहरूले हतार हतार लागु गरेको यात्रा प्रतिबन्धविरुद्ध चेतावनी दिएको छ ।
 
राष्ट्रपति रामाफोसाले यात्रा प्रतिबन्धको कुनै वैज्ञानिक आधार नभएको बताए । दक्षिण अफ्रिकी देशहरू अस्वच्छ विभेदबाट पीडित भएको उनको भनाइ छ ।

यात्रा प्रतिबन्ध भाइरस फैलनबाट जोगाउन प्रभावकारी नहुने पनि उनको तर्क गरे । “यात्रा प्रतिबन्धले केवल प्रभावित देशहरूको अर्थतन्त्रलाई थप क्षति पुर्याउने र महामारीको सामना गर्ने र त्यसबाट तंग्रिने क्षमतालाई कमजोर तुल्याउनेछ”, उनले भने । 

उनले अर्थतन्त्रमा थप क्षति हुनुपूर्व नै आफ्नो निर्णय तत्काल उल्ट्यान आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here