दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति फ्रेडरिक विलेम डे क्लार्कको निधन

२५ कार्तिक, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति फ्रेडरिक विलेम डे क्लार्कको निधन भएको छ।

क्लार्कको ८५ वर्षको उमेरमा बिहीबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिए।

frontline

उनी सन् १९८९ देखि १९९४ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति बनेका थिए। उनी गोरा जातिबाट राष्ट्रपति बन्ने अन्तिम व्यक्ति थिए। उनले नै सन् १९९० मा रंगभेद विरोधी नेता नेल्सन मण्डेलालाई रिहा गर्ने घोषणा गरेका थिए।

क्लार्ककै नेतृत्वमा सन् १९९४ मा दक्षिण अफ्रिकामा बहुदलीय निर्वाचन भएको थियो। रंगभेद अन्त्यका लागि सहजीकरण गरेकोमा उनलाई र नेल्सन मण्डेलालाई सन् १९९३ मा संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

मण्डेला राष्ट्रपति बनेपछि उनी सन् १९९४ देखि १९९६ सम्म उपराष्ट्रपति बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here