थुलुङ दूधकोशी गाउँपालिका–७ देउसामा प्रसूति सेवा सुरु

थुलुङ दूधकोशी गाउँपालिका–७ देउसामा प्रसूति सेवा सुरु भएको छ । गाउँपालिका अन्तरगतको ३५ लाख बजेटबाट ६ कोठे प्रसूति गृह निर्माण सम्पन्न गरी आइतबारदेखि सेवा सुरु गरिएको वडाध्यक्ष भोजराज कार्कीले बताए । २०८० असारमा शिलान्यास गरिएको उक्त भवन ५ महिनामा निर्माण सम्पन्न भएको हो । 

गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गर्दै नागरिकको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको बताए । स्वास्थसँगै सबै क्षेत्रको विकासमा आवश्यक बजेट व्यवस्था गर्नको लागि आफू दिनरात नभनीकन लागिपरेको भन्दै अध्यक्ष राईले नागरिकको सहभागिता महत्त्वपूर्ण रहेको बताए । 

frontline

गाउँपालिका उपाध्यक्ष सविता राईले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै जुनसुकै क्षेत्रको विकासमा नेतृत्वको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here