थप १६६४ मा कोरोना सङ्क्रमण, २० जनाको मृत्यु

फ्रन्टलाइन कोभिड अपडेट, भदौ १५ । नेपालमा आज थप एक हजार ६६४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको तथ्याङ्क अनुसार बितेको २४ घण्टामा १२ हजार २२२ जनाको परीक्षण गर्दा एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको हो । नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा एक हजार ५२३ र एन्टिजेनबाट १४१ जना सङ्क्रमित देखिएका हुन् । यो संगै नेपालमा हाल ३५ हजार ५९१ सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० वटा रहेका छन् ।

यस्तै सङ्क्रमणबाट निको भई आज एक हजार ७८६ जना संक्रमणमु्क्त भएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भउका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यो संगै अहिलेसम्म १० हजार ७५० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा प्रति दश लाखमा ३६२.३ जनाको सङ्क्रमणका कारणले निधन भएको छ ।

frontline

हाल ६३७ जना सघन उपचारकक्ष (आइसीयू), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेशन, दुई हजार ३७७ जना संस्थागत आइसोलेशन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here