थप सात जिल्लामा निषेधाज्ञा

फ्रन्टलाइन देश काल । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि देशभर निषेधाज्ञा जारी गर्ने क्रम पनि बढेको छ। शुक्रबार थप सात जिल्लाले निषेधाज्ञाको निर्णय गरेका छन्। यो सँगै देशभर
२५ जिल्लामा निषेधाज्ञा जारी भएको छ । बिहीबार बेलुकी सम्ममा १८ वटा जिल्लामा निषेधाज्ञा जारी भएको थियो। कोरोना संक्रमण दर बढेका थप सात जिल्लाले निषेधाज्ञा जारीको निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार साँझ दिएको जानकारी अनुसार जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा र झापामा जिल्लाभर निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको छ। त्यसबाहेक गुल्मी र अछामले पनि निषेधाज्ञाको निर्णय गरेका छन्। यस्तै दार्चुलामा दुई वटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको मन्त्रालयले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here