थप दुई जनामा हैजा संक्रमण, हेटौडा र चाँगुनारायणमा पनि देखियो

२२ असार, काठमाडौं । थप दुई जनामा हैजा संक्रमण पुष्टि भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा .चुमनलाल दासले हेटौडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए । ती दुवैजनाको अहिले उपचार भइरहेको छ । 

नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले जानकारी दिए। अहिलेसम्म पाँचजना बिरामीको उपचार भइरहेको छ । 

frontline

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

खानेपानीका कारणले हैजाका बिरामी बढेको बताइएको छ।  हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको पाइएको हो। कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here