थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो
११ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ । माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार उनलाई थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।
विगत डेढ महिनादेखि उनको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित रहेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।
नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन गएका छन् । उनको आजैदेखि स्वास्थ्य उपचार हुनेछ । जण्डिसले पिरोलेपछि नेता पुनलाई गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताए। नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गर्ने बताएका छन्। रासस
प्रतिक्रिया दिनुहोस्